साना लगानीकर्ताले ऋण कम हुँदा सेयर धितो कर्जा ३८ करोड रुपैयाँले घट्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सेयर धितोमा दिइने कर्जा ३८ करोड रुपैयाँले घटाएको देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा दुई महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाले असार मसान्तको तुलनामा भदौ मसान्तमा आइपुग्दा सेयर धितोमा दिइने मार्जिन प्रकृतिको कर्जा ३८ करोडले घटाएका हुन् ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ४० अर्ब ६९ करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा दिएका छन् ।

यस्तै असार मसान्तसम्ममा यो शिर्षकमा कर्जा ४१ अर्ब ८ करोड रुपैयाँ थियो । दुई महिनाको अवधीमा मार्जिन प्रकृतिको कर्जा ३८ करोड ७५ लाखले घटेको हो ।

भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने ५० लाख देखि १ करोडसम्मको कर्जा १७ करोड ६९ लाख रुपैयाँले घटेको छ । यस्तै २५ लाख देखि ५० लाखसम्म सेयर धितोमा दिइएको कर्जा ५० लाख रुपैयाँले घटेको छ । २५ लाखसम्म सेयर धितोमा दिने कर्जा १८ करोड ५८ लाख रुपैयाँले बढेको छ ।

तर,१ करोडभन्दा बढीको सेयरधितो कर्जा २ करोड ५५ लाख रुपैयाँले बढेको छ ।

भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा बढीको सेयर धितो कर्जा २४ अर्ब २१ करोड रुपैयाँ प्रवाह गरेका छन् । यस्तै ५० लाख देखि १ करोडसम्म ७ अर्ब ५ करोड,२५ लाख देखि ५० लाखसम्म ४ अर्ब ५६ करोड र २५ लाखसम्म ४ अर्ब ८६ करोड कर्जा दिएका छन् ।


क्लिकमान्डु