विश्व बैंकले नेपालको पुल पहुँच विस्तारका लागि १३ करोड ३० लाख डलर ऋण सहयोग दिने



काठमाडौं ।  विश्व बैंकले नेपालमा सुरक्षित पुल निर्माण तथा मर्मतका लागि १३ करोड ३० लाख डलर ऋण दिने निर्णय गरेको छ ।

राष्ट्रिय राजमार्ग, फिडर बाटो र अन्य राष्ट्रिय महत्वका सडक अन्तर्गत पर्ने बाह्र हजार एक साय बयालिस किलोमिटर भित्रका १ हजार ७३ पुल यस अन्गर्तत पर्ने छन ।

यो विश्व बैैंकको पुल सुधार तथा मर्मत सम्बन्धि दोस्रो कार्यक्रम हो । यस कार्यक्रमले देशको आर्थिक विकास तथा देशभरका प्रदेशको विकासकामा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।

आफुले दिने ऋणले नेपालका चार सय सतहत्तर पुललाई विभिन्न तरिकाले सहयोग पुग्ने विश्व बैंकले विश्वास लिएको छ । जस अन्तर्गत ९० पुलको मर्मत र लगभग १८० पुलमा सुरक्षा स्तरोन्नती, दुर्घटनामा कमी जस्ता विविध पक्षमा सुधार हुनेछ । साथै यसले अत्याधुनिक प्रविधि प्रयोगमा पनि सहयोग पुग्ने छ– विश्व बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस योजनाले करिव ८० वटा दुई लेन र ३५ वटा चार लेन पुलको निर्माण र पुनःस्थापनामा सहयोग पुग्ने छ । साथै सडक विभागलाई नेपालभर पहुँच बढाउने ९२ वटा पुल निर्माण पुरा गर्न यस योजनाले सहयोग गर्ने विश्व बैंकले जनाएको छ ।


क्लिकमान्डु