राष्ट्र बैंकको भवन शिलान्यास गर्दै गभर्नरले भनेः मेरो घर बनाउदाभन्दा आज बढी खुसी छु



काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले आफ्नो घर बनाउदा भन्दा बढी खुसी राष्ट्र बैंकको भवनको शिलान्यास गर्न पाउदा भएको बताएका छन् ।

२०७२ सालको भूकम्पमा भत्किएको थापाथली स्थित राष्ट्र बैंकको कार्यालय भवन शिलान्यास गर्दै गभर्नर नेपालले भने,‘ आफ्नो घर बनाउने भन्दा बढी खुसी आज लागेको छ, भूकम्पले भत्किएको राष्ट्र बैंकको भवन अब बन्ने भएको छ।’

१ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको राष्ट्र बैंकको थापाथलीस्थित भवन ३० महिनाभित्र सकिने छ ।

गभर्नर नेपालले थापाथलीको भवन बनाउनको लागि पुरातत्व विभागका महानिर्देशकबाट भेषनारायण दाहालबाट पूर्ण सहयोग पाएको बताए ।

‘उहाँ राष्ट्र बैंकको पूर्व कर्मचारीपनि हुनुहुदो रहेछ,केहीले राष्ट्र बैंकको उच्च पदबाट अवकास पाएरपनि सहयोग गरेका छैनन् । दाहाल सरले धेरै सहयोग गर्नुभयो,’ गभर्नर नेपालले भने ।

उनले थापाथलीको भवन पुरानो डिजाइनमा युरोपियन शैलीको आधुनिक तरिकाले निर्माण सम्पन्न हुने बताए ।


क्लिकमान्डु