सरकारले लगायो चिनी आयातमा कोटा, किसानलाई ६५ रुपैयाँ अनुदान



काठमाडौं । सरकारले चिनी आयातमा कोटा लगाएको छ । पाकिस्तानबाट आएको चिनीले स्वदेशी चिनी उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएपछि सरकारले कोटा लगाएको हो ।

केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र चिनी उद्योगी तथा किसानबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले चिनी आयात रोक्ने घोषणा गरेका थिए ।

मन्त्रीपरिषद् बैठकले यो वर्षको लागि १ लाख टन चिनी आयात गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बैठकपछि पत्रकारहरुलाई जानकारी दिए ।

सरकारको निर्णयपछि अब चिनी आयातकर्ताले चैत मसान्तसम्ममा १ लाख टन चिनी मात्र आयात गर्न सक्छन् ।

यस्तै सरकारले उखु किसानलाई नगद अनुदान दिने निर्णय गरेको छ । सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको हो ।


क्लिकमान्डु