घर नहुनेलाई सरकारले अब घर बनाएर दिने



काठमाडौं । आफ्नै घर नभएका व्यक्ति तथा परिवारलाई सरकारले घर बनाएर दिने भएको छ ।

प्रतिनिधिसभाको विकास समितिले आवासको अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ले घर नभएकालाई घर बनाएर सरकारले दिने व्यवस्था पारित गरेको हो ।

समितिले पारित गरेको विधेयकमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले पारस्परिक समन्वयमा उपलब्ध स्रोत साधनको आधारमा घर बनाइदिनुपर्ने उल्लेख छ ।

विधेयकमा नेपाल राज्य भित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा घर जग्गा नभएको र आफ्नो वा आफ्नो परिवारको आय आर्जन, श्रोत वा प्रयासबाट आवासको प्रवन्ध गर्न असमर्थ रहेकोलाई घर बनाइदिनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै प्राकृतिक विपत्तिका कारण स्थायीरुपमा विस्थापित भएको व्यक्तिको आवासको ग्यारेन्टी पनि राज्यले गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु