नेपाल-चीन तेस्रो परामर्श बैठक शुरु, पारवहन संझौताका प्रावधानलाई अन्तिम रुप दिइने



काठमाडौँ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ ।

दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गरेका छन् भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालयअन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गरेका छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु