नागरिक लगानी कोषमा कामु कार्यकारी निर्देशकको जिम्मेवारीमा अर्याल



काठमाण्डौ । नागरिक लगानी कोषको कायममुकायम(का.मु)कार्यकारी निर्देशकको जिम्मेवारी शुशीलकुमार अर्याललाई दिइएको छ ।

कोषमा केही दिनदेखि उक्त पद रिक्त रहेको थियो । कोष सञ्चालक समितिको भदौ १३ गते बुधबार बसेको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।

नेपाल ब्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषको मुख्य ब्यवस्थापक पदमा कार्यरत थिए ।

कोषमा उनी अनुभवी ब्यक्तित्वको रुपमा परिचित रहेका छन् । अर्यालले बाणिज्य शास्त्रमा स्नातकोत्तर तथा कानूनमा बिएल गरेका छन् ।


क्लिकमान्डु