ऋषिकेश भट्ट कार्यकारी निर्देशकमा बढुवा




काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालक समितिले ऋषिकेश भट्टलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।

केही दिन अगाडि बसेको राष्ट्र बैंक संचालक समिति बैठकले भट्टलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

भट्ट यसअघि राष्ट्र बैंकको कामु कार्यकारी निर्देशक थिए । उनी फाइनान्स कम्पनी सुपरीवेक्षण विभागको प्रमुख छन् ।

राष्ट्र बैंकमा कार्यकारी निर्देशक पद विशिष्ट श्रेणीको हो ।


क्लिकमान्डु