अमेरिकी डलरको नयाँ रेकर्ड, एक डलर साट्न ११३ रुपैयाँ २५ पैसा खर्च गर्नुपर्ने
नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको बिक्री दर अनुसार सर्वसाधारणले एक अमेरिकी डलर साट्नको लागि ११३ रुपैयाँ २६ पैसा खर्च गर्नुपर्ने हुन्छ ।
अमेरिका र टर्कीको विवादको कारण अमेरिकी डलर बलियो बनेको छ । अमेरिकाको टर्कीसँगको विवादले भारतीय मुद्रा भारुको अवमुल्यन भएपछि नेपाली मुद्राको पनि अवमुल्यन भएको हो ।
नेपालले भारतीय रुपैयाँसँग अपनाएको स्थिर विनिमय प्रणालीको कारण भारुमा आउने उतारचढावको असर नेपाली रुपैयाँमा पर्छ ।
डलर महंगो हुँदा आयातित बस्तु महंगो हुन्छ । निर्यात नभएको हुँदा डलर बढ्दा फाइदा भने छैन । तर,रेमिटेन्स तथा बैदेशिक सहयोग रकम बढ्ने हुन्छ । डलरमा तिर्नुपर्ने विदेशी ऋणको लागि बढी पैसा खर्च गर्नुपर्ने हुन्छ ।