पञ्जाब नेशनल बैंकमा नक्कली कागजात पेश गरी ९ करोड घोटाला



काठमाण्डौ । पञ्जाब नेशनल बैंक(पिएनबी)को मुम्बई शाखामा फेरी एउटा नयाँ घोटाला भएको छ । बैंकको यही शाखाबाट व्यापारी नीरव मोदीले करौडौँ रुपैयाँ घोटाला गरेका छन् । मोदी अहिले फरार छन ।

पञ्जाब नेशनल बैंकको यही शाखामा फेरी ९.४८ करोड रुपैयाँ घोटाला भएको छ । भिजन प्राईभेट लिमिटेड कम्पनीको नाममा ९.४८ करोड घोटाला भएको बताईएको छ ।

कम्पनीले बैंकबाट ऋण लिनको लागि नक्कली कागजात प्रयोग गरेको पाइएको छ । यो घोटाला प्रकरणलाई अहिले भारतको केन्द्रीय जाँच व्यूरोले छानविन गरिरहेको छ ।
(एजेन्सीहरुबाट)


क्लिकमान्डु