प्रतिबन्धित हजार र पाँचसयका ९९ प्रतिशत नोट भारतीय बैंकमा जम्मा



काठमाण्डौ । भारतीय रिर्जभ बैंकमा १ हजार र ५ सयका ९९.३ प्रतिशत नोट जम्मा भएका छन् । भारतले सन् २०१६ नोभेम्बरमा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएको थियो ।

५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाउनु अगाडि बजारमा रहेका १५.४१७ लाख करोड रुपैयाँ मध्ये १५.३११ लाख करोड रुपैयाँ बैंकमा जम्मा भएको बताईएको छ ।

बैंकका अनुसार नोटबन्दीपछि भारतीय बजारमा नोट सर्कुलेशनमा समेत बृद्धि भएको छ । नक्कली नोट र कालोधन समाप्त पार्ने उद्देश्यले भारतले नोटमाथि प्रतिबन्ध लगाएको थियो । तरपनि सन् २०१७ मा ५.२२ लाख नक्कली नोट फेला परेको बताईएको छ ।
(एजेन्सीहरुबाट)


क्लिकमान्डु