ओम र नेशनल लाईफ बीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनी बीच बैंकास्योरेन्स सहमति भएको छ ।

सहमतिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गर्ने जनाएको छ ।

सम्झौता मार्फत बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै आबश्यक परेको समय दाबी भुक्तानी सहज रुपमा लिन सक्नेछन् ।

सम्झौताले ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ तथा बीमा एकद्धार प्रणालीबाट प्रदान गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।


क्लिकमान्डु