पशुपति प्राङ्गढमा खुल्यो नेपाल एन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर



काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गढमा आफ्नो सातौं एक्स्टेन्सन काउन्टर खोलेको छ ।

एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । मन्दिरमा जाने भक्तजनहरुले प्रदान गर्ने दान–दक्षिणालाई संकलन गर्न काउन्टरले सहयोग गर्नेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा संस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ ।

यसैबीच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषसंग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निमाण गरिरहेको छ ।

पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्राहलय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जीर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ भने पशुपति क्षेत्रको सरसफार्ईमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।

यता, भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल–२०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” को अवार्ड प्राप्त गरिसकेकोे बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइको छ ।


क्लिकमान्डु