सूचीकृत कम्पनीलाई बार्षिक शुल्क बुझाउन नेप्सेको पत्राचार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई बार्षिक शुल्क बुझाउन पत्राचार गरेको छ ।

हाल कम्पनीको धितोपत्र, डिवेन्चर, एकाङ्क बचत वा समूहगत बचत सूचीकृत भई कारोबार हुँदै आइरहेको अवस्था छ ।

धितोपत्र सूचीकरण विनियमावली,२०७५ को अनुसूची ३ बमोजिम सूचीकृत कम्पनीले चालु आर्थिक बर्षको शुल्क प्रत्येक आर्थिक बर्षको आश्विन मसान्तसम्म बुझाउनु पर्ने उल्लेख छ ।

उल्लेखित चुक्तापूँजी भएको कम्पनीले वार्षिक शुल्क समयमै कार्यालयको ग्लोवल आर्ईमई बैंक लिमिटेड कमलादीमा, काठमाडौं खाता नं ७५०१०१००००७७५ मा जम्मा हुने गरी चेक, ड्राप्ट, भौचर, एडभाईस ढिला नगरी पठाउनु पर्ने पत्राचारमा उल्लेखित छ ।

साथै, उल्लेखित समय भित्र वार्षिक शुल्क नबुझाएसम्म शेयर कारोबार नै स्थगन हुनेछ । तोकिएको अवधि भित्र नबुझाएमा वार्षिक शुल्कका १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने प्रावधान रहेको सूचीकरण शाखाका कायम मुकायम सहायक प्रबन्धक सुबोध ढुङ्गेलले जानकारी दिए ।


क्लिकमान्डु