एनसीसी बैंक र एबीआईबीच तालिम सञ्चालन गर्ने संझौता



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.बीच तालिम कार्यक्रम संचालन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार एन.बी.आईले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु