गठ्ठाघरमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा



काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले मध्यपुर थिमि नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ६३ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहकाबीच बैंकका संचालक समितिका सदस्य उत्तमनारायण श्रेष्ठले शाखा कार्यालय गठ्ठाघरको उद्घाटन गरे ।

बैंकले आगामी दिनमापनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बिज्ञप्ती मार्फत प्रतिबद्धता जनाएको छ ।


क्लिकमान्डु