महालक्ष्मीले नगद लाभांश र बोनस सेयर प्रदान गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना लगानीकर्तालाई नगद लाभांश तथा बोनस सेयर प्रदान गर्ने भएको छ ।

बैंकको भदौ ११ गते बसेको सञ्चालक समितिको बैंठकले यो निर्णय गरेको हो ।
बैंकले आर्थिक बर्ष २०७४÷७५ को नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको हो ।

उक्त लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृत भै संस्थाको साधारण सभाले अनुमोदन गरे पश्चात वितरण गरिने बैंकले जनाएको छ ।


क्लिकमान्डु