नेपाल बङ्गलादेश बैंकले बिद्यालयलाई दियो २ लाख ७५ हजार



काठमाण्डौ । नेपाल बङ्गलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल राष्ट्र बैँकको ६३ औँ बार्षिकोत्सवको उपलक्ष्यमा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ४ नाला, स्थित श्री श्रृष्टीकान्त आधारभूत विद्यालयलाई २ लाख ७५ हजार रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सो रकम विद्यालयको विद्यार्थीहरूका लागि बेन्च निर्माण गर्न उपलब्ध गराइएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना सहभागी भई विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।


क्लिकमान्डु