दमौली र सन्धिखर्कमा खुल्यो नेपाल बङ्गलादेश बैंकको शाखा



काठमाण्डौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७५ र ७६ औं शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले तनहुँ जिल्लाको दमौलीमा र अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ ।

बैँकले त्यसक्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधाप्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

दमौली र सन्धिखर्क शाखा सहित बैंकले ७६ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बैँकिङ्ग सेवा तथा ५७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।


क्लिकमान्डु