प्रभु इन्स्योरेन्सका ग्राहकले नेपाल मेडिसिटीमा नगदरहित स्वास्थ्य सेवा पाउने



काठमाण्डौ । प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । यो क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागू हुनेछ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासंगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने भएका छन् ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले प्रभु इन्स्योरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जाँच गराउन पाएकोमा खुशी व्यक्त गरे । प्रभु इन्स्योरेन्सका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताए ।


क्लिकमान्डु