ग्लोबल आईएमईका ग्राहकलाई बोता रेष्टुरेन्टमा १५ प्रतिशत छुट



काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. र बोता फुड एण्ड रेष्टुरेन्ट प्रा. लि. बीच ग्राहकहरुलाई छुट दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का ग्राहकले बोता रेष्टुरेन्टका सम्पूर्ण खानेकुरामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त छुट ग्लोबल आइएमई बैंक लि. का डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड भएका ग्राहकहरुले प्राप्त गर्ने छन् ।

सम्भौता पत्रमा बोता फुड एण्ड रेष्टुरेन्टप्रा. लि.का सञ्चालन प्रमुख भुवन आचार्य र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।


क्लिकमान्डु