जनता बैंकले शुरु गर्यो ‘मेरो तलब खाता’, के छन् यसका विशेषता ?



काठमाण्डौ । श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैक खाता मार्फत भुक्तानी गर्नु पर्ने अनिवार्य ब्यवस्था गरेको छ ।

यस ब्यवस्थालाई मध्ये नजर गरी श्रमिक\कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित जनता बैंक नेपाल लिमिटेडले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित मेरो तलब खाता संचालनमा ल्याएको छ ।

के छन् त मेरो तलब खाताका विशेषताहरु ?
– शुन्यमौज्दातमाखाताखोल्न सकिने ।
– वार्षिक व्याज दर ७प्रतिशत ।
– दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी ।
– निःशुल्क भिसन डेविट कार्ड (२ वर्षको लागि) ।
– निःशुल्क दुर्घटना (मृत्यु)बीमा सुविधा (७ लाखसम्म ) ।
– निःशुल्क एबीबीएस सुविधा (२ लाखसम्म ) ।
– निःशुल्क चेक, स्टेटमेन्ट(अन डिमाण्ड तथा एएसबीए सेवा) ।

संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्ने जनता बैंकले जनाएको छ ।

साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी÷श्रमिकको संचय कोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त गर्न सकिने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु