सिटी एक्सप्रेस र एनसीएचएलबीच अन्तर बैंक बिद्युतीय भुक्तानी सेवा शुरु



काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस एनसीएचएल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता अनुसार एनसीएचएलले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर बैंक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ । जस अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटेन्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुनेछ ।

अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् ।


क्लिकमाण्डू