दाङमा खुल्यो गण्डकी विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा शाखा विस्तार गरेको छ ।
आजदेखि सञ्चालनमा ल्याएको शाखासँगै बैंकको ७३ वटा शाखाहरु सञ्चालनमा आएका छन् ।

बैंकले छिटै नै थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

बैंकले आ.व. २०७४\७५ मा संचालन नाफा ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ५२ करोड र कर्जा तर्फ २० अर्ब ०६ करोड पु¥याएको छ ।

साथै निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु