डलरको मूल्य बढेसंगै विश्व अर्थतन्त्र संकटमा, चीन लगायतका शक्ति राष्ट्र तनाबमा



काठमाण्डौ । पछिल्लो समय बढेको अमेरिकी डलरको मूल्यले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । बढिरहेको अमेरिकी अर्थतन्त्र अन्य देशका लागि हानिकार हुने देखिएको छ ।

ब्लूमबर्गको रिर्पोट अनुसार अमेरिकी डलरको बढिरहेको मूल्य, बढिरहेको ब्याज, र चीनसंगको ट्रेड वारले यो वर्ष अमेरिकामा मात्रै आर्थिक बृद्धि हुने देखिएको छ ।

फेडरल रिजर्व बैंकले २०१८ मा ब्याजदर बढाउने फैसलाले संसारभर डलरको मूल्य आकाशिएको छ । डलको मूल्य आकाशिएसंगै अन्र्तराष्ट्रिय ऋण लिएका देशलाई थप मार पर्ने गर्छ । यस्तो अवस्थामा कयौं देशले ठूलो आर्थिक नोक्साना व्यहोर्नुपर्ने देखिन्छ ।

यता, अमेरिकासंग ट्रेड वार लडिरहेको चीनपनि घाटामा गएको छ । जापानपनि आर्थिक रुपमा सुस्त देखिएको छ । ईटालीकोपनि आफ्नै आर्थिक नीतिका कारण लगानीकर्ता त्रसित भएका छन् । यता, बेलायतपनि बेक्जिटका कारण आर्थिक अनिश्चिततामा फसेको छ ।

यससंगै इमर्जिङ मार्केट भेनेजुयला इतिहास कै ठूलो आर्थिक संकटसंग जुधिरहेको छ । संगै अर्जेन्टिनापनि आफ्नो करेन्सी बचाउन संघर्ष गरिरहेको छ । जसकालागि उसले आफ्नो करेन्सीको मूल्य बढाईरहेको छ ।

क्यू नैजल नामक कम्पनीको तथ्याङ्कलाई आधार मान्ने हो भने ब्राजिल, साउथ कोरिया, ताईवान र भारतजस्ता देशमा प्रत्येक वर्ष सरदर ५ प्रतिशत व्यापार घटिरहेको छ ।

ब्लूमबर्गका प्रमुख अर्थशास्त्री टम ओर्लिकका अनुसार गएका वर्षदेखि क्रस बोर्डर व्यापारमापनि कमि आएको छ ।


क्लिकमान्डु