मध्यबानेश्वरमा खुल्यो महालक्ष्मी विकास बैंकको शाखा



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले काठमाडौं महानगरपालिका वडा नं १०, मध्यबानेश्वरमा नयाँ शाखा बिस्तार गरेको छ । बानेश्वर शाखाकोे बुधबार औपचारिक उद्घाटन गरिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंक सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक राजेशकुमार रौनियारकोपनि उपस्थिति रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरहेका थिए ।

बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने उनले प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु