डुबायो माइक्रोफाइनान्सले, ३६ सयको सेयर एक हजारभन्दा तल



काठमाडौं ।  २०७४ साल भाद्र ६ गते समिट माइक्रो फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३ हजार ६५० रुपैयाँ थियो । तर, यही भदौ ४ गते बजार बन्द हुँदा सो सेयरको मूल्य प्रतिकित्ता ९ सय १८ रुपैयाँमा झरेको थियो ।

एक बर्षको अन्तरालमा नै सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ सय ३२ रुपैयाँले घटेको हो । माइक्रो फाइनान्स कम्पनी मध्येमा यस कम्पनीको सेयरमा अधिकतम गिरावट आएको हो ।

यस्तै, आरएसडीसि लघुवीत्त वित्तीय संस्थाको सेयर मूल्य गत बर्ष भदौ ६ गते प्रतिकित्ता ३ हजार ५ रुपैयाँ थियो । यसवर्ष भदौ ४ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँमा आइपुग्यो । सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ सय ५ रुपैयाँले घटेको हो ।

नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य गत बर्ष ३ हजार ४ सय ४७ रुपैयाँ थियो । हाल सो कम्पनीको सेयर १ हजार ३१ सम्म झरेको छ । नागबेलीको सेयर मूल्य २४ सय १६ रुपैयाँले घटेको हो ।

नयाँ नेपाल लघुवित्त विकास बैंकको गत बर्ष भदौ ७ गते २७ सय २४ रुपैयाँ कायम रहेको सेयर मूल्य यही भदौ ४ गते ६ सय ८० रुपैयाँमा आइपुग्यो । सो कम्पनीको सेयर मूल्यमा २ हजार ४४ रुपैयाँले गिरावट आएको हो ।

यसैगरी, आरम्भ माईक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य २०७५ साल साउन २९ गते ९ सय २ रुपैयाँ थियो । २०७५ भदौ ४ गते बजार बन्द हुँदा सो कम्पनीको सेयर मूल्य ८ सय ४१ कायम रहयो । यसरी आरम्भको सेयर मूल्यमा ६१ रुपैयाँले गिरावट आएको देखिन्छ ।

छिमेकी लघुवित्तको गतवर्ष भदौमा १६ सय १० रुपैयाँ पर्ने सेयर यसवर्ष भदौ ४ गते ९ सय ४ रुपैयाँ पुगेको छ । सो लघवित्त सेयर मूल्य ७ सय ६ रुपैयाँले घटेको हो ।

यता, सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य गतबर्ष भदौमा १३ सय २५ रुपैयाँ थियो । यसवर्ष भदौ ४ गतेको मितिमा ६ सय ३० रुपैयाँले घटेर ६ सय ९५ रुपैयाँमा पुगेको छ ।

डिप्रोस लघुवित्त वित्तीय संस्थाको सेयर गत बर्ष भदौमा १३ सय ७५ रुपैयाँ थियो । अहिले सो कम्पनीको सेयर मूल्य ७ सय ९ रुपैयाँले घटेर ६ सय ६६ रुपैयाँ कायम छ ।

फष्र्ट माइक्रोफाइनान्स डेभलमेन्ट बैंकको सेयर मूल्य गत बर्ष १ हजार ९७ रुपैयाँ थियो । अहिले कम्पनीको सेयर मूल्य ४ सय १५ रुपैयाँ कायम छ । उक्त कम्पनीको सेयर मूल्य ६ सय ८२ रुपैयाँले घटेको हो ।

फरवार्ड कम्यूनिटि माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य गत भदौमा ३७ सय ७५ रुपैयाँ थियो । हाल सो कम्पनीको सेयर मूल्य २ हजार ८६ रुपैयाँमा आइपुगेको छ । यसरी सो कम्पनीको सेयर मूल्यमा १६ सय ८९ रुपैयाँले गिरावट आएको हो ।

ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य गत भदौमा २ हजार २० रहेको थियो । अहिले सो कम्पनीको सेयर मूल्य ९ सय ७४ रुपैयाँले घटेर १ हजार ४६ रुपैयाँमा आइपुगेको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य गत भदौमा ७ सय ९१ रुपैयाँ थियो भने अहिले ५ सय ७० कायम छ । सो कम्पनीको सेयर मूल्य २ सय २१ रुपैयाँले घटेको हो ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको गत भदौमा ३ हजार ७ सय ३९ रुपैयाँ पुगेको सेयर अहिले २८ सय ५० मा कायम छ । सो कम्पनीको सेयर मूल्य ८ सय ८९ रुपैयाँले घटेको हो ।

कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंकको गत बर्ष २२ सय ७५ पुगेको सेयरेको मूल्य यही भदौ ४ गते १२ सय ४५ रुपैयाँमा कायम छ । १ हजार ३० रुपैयाँले कालिकाको सेयर मूल्य घटेको हो ।

किसान माइक्रो फाइनान्स वित्तीय संस्थाको गत बर्ष ३१ सय १ रुपैयाँमा कायम रहेको सेयर भदौ २ गते सोमबार १५ सय ९० रुपैयाँ पुगेको छ । किसानको सेयरमा १५ सय ११ रुपैयाँको गिरावट आएको हो ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत वर्ष १९ सय ८१ रुपैयाँमा कायम रहेको सेयर मूल्य अहिले ९ सय ६७ रुपैयाँमा कायम छ । लक्ष्मीको सेयर १ हजार १४ रुपैयाँले घटेको हो ।

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको गत बर्ष ११ सय ४१ रुपैयाँ पर्ने सेयर अहिले ६ सय ३७ रुपैयाँमा झरेको छ । सेयर मूल्य ५ सय ४ रुपैयाँले तल झरेको हो ।

महुली सामुदायिक लघुवीत्तको सेयर मूल्य गत बर्ष भदौमा १६ सय ३२ रुपैयाँ थियो । गत बर्षकै पुस १३ गते सो कम्पनीको सेयरको मूल्य ३२ सय १२ सम्म पुग्यो । अहिले सोही सेयरको मूल्यमा ८ सय २६ रुपैयाँले गिरावट आएर २३ सय ८६ रुपैयाँ कायम छ ।

मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाको गत भदौमा प्रतिकित्ता २३ सय ५५ रुपैयाँ पर्ने सेयर अहिले १ हजार रुपैयाँमा झरेको छ । यसरी सो फाइनान्सको सेयर मूल्यमा १३ सय ५५ रुपैयाँले गिरावट आएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य गत भदौमा ३२ सय ६९ रुपैयाँ कायम थियो । यही भदौ ४ गते बजार बन्द हुँदा सो सेयर १८ सय ४ रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँमा आइपुगेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाको गत भदौमा १३ सय रुपैयाँ रहेको सेयर ४ सय ५० रुपैयाँले घटेर ८ सय ५० मा आईपुग्यो ।

नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाको गत बर्ष भदौमा ३५ सय ७० रुपैयाँ रहेको सेयरको मूल्य अहिले १४ सय ७० ले घटेर २१ सय रुपैयाँमा आईपुग्यो ।

यसैगरी, निरुदी लघुवित्त विकास बैंकको सेयर मूल्य गत भदौमा १४ सय रुपैयाँ कायम भएपनि ८ सय ६५ रुपैयाँले घटेर ५ सय ३५ मा आइपुगेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको गत भदौमा २१ सय २० रुपैयाँ कायम रहेको सेयर मूल्य अहिले ११ सय ७४ रुपैयाँले घटेर ९ सय ४६ मा आइपुग्यो ।

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाको गत भदौमा २७ सय ९८ रुपैयाँ कायम रहेको सेयर मूल्य १२ सय १३ रुपैयाँले घटेर १५ सय ८५ कायम रह्यो ।

आरएमडीसि लघुवित्त वित्तीय संस्थाको गत भदौमा ८ सय १४ रुपैयाँ कायम रहेको सेयर मुल्य अहिले हुँदा १ सय ६९ रुपैंयाले घटेर ६ सय ४५ कायम रहेको छ ।

साना किसान विकास बैंकको गत बर्ष भदौमा १६ सय ६ रुपैयाँ रहेको सेयर मूल्य भदौ ४ गते सोमबार ११ सय ११ रुपैयाँ कायम रह्यो । सो कम्पनीको सेयर मूल्य गत बर्षको तुलनामा ४ सय ९५ रुपैयाँले घटेको हो ।

स्वलम्वन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य गत भदौमा प्रतिकित्ता १८ सय ४ कायम थियो । अहिले ५ सय ८३ रुपैयाँले घटेर १२ सय २१ रुपैंयामा आईपुग्यो ।
स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य गत भदौमा २ हजार ६६ रुपैयाँ कायम थियो । सो सेयर मूल्यमा अहिले १२ सय ७६ रुपैयाँले गिरावट आएर ७ सय ९० रुपैयाँ कायम हुन पुग्यो ।

विजय लघुवित्त वित्तीय संस्थाको गत भदौमा १३ सय ८० रुपैयाँ कायम रहेको सेयरमा ७ सय ९ रुपैयाँले गिरावट आएर हिजो ६ सय ७१ रुपैयाँ कायम भयो ।

वोमी माइक्रो फाइनान्स वित्तीय संस्थाको गत बर्ष भदौमा १९०१ रुपैयाँसम्म पुगेको सेयरको मूल्य ८ सय ६ रुपैयाँले घटेर १ हजार ९५ रुपैंया कायम हुन पुग्यो ।

किन घट्यो सेयरको मूल्य ?

सेयर बजारमा विगत एक दशकदेखि आवद्ध रहेका लगानीकर्ता अर्जुन ढुङ्गानाले भने–‘यसरी माइक्रो फाइनान्स कम्पनीको सेयर मूल्य घट्नु भनेको हाल माइक्रोफाइनान्स कम्पनीको क्यापीटलमा भएको वृद्धिले गर्दा हो ।’

ढुङ्गानाले माइक्रो फाइनान्स कम्पनीमा राइट सेयरको मात्रा बढी भएरपनि लगानीकर्ता बिच्किएको तर्क गरे । उनले राइट अनुसारको आम्दानी नपाइने कारणले गर्दापनि सेयरको मूल्य निरन्तर ओरालो नै लागेको बताए ।


क्लिकमान्डु