महेश बस्नेत भन्छन्ः हजार र ५ सयका नोट प्रतिबन्ध गरौं




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेपाल १ हजार र ५ सय दरका नोटमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

संसदको अर्थसमितिमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । ठूला दरका नोटमा प्रतिबन्ध लगाउने वित्तिकै सम्पत्ति शुद्धीकरण निवारण गर्न सजिलो हुने भन्दै उनले यस्तो बताएका हुन् ।

‘सम्पत्ति शुद्धीकरणले ठूलो रुप लियो, यसलाई नियन्त्रण गर्न अहिले संचालनमा रहेका हजार र ५ सय दरका सबै नोट प्रतिबन्ध गरौं र नयाँ नोट प्रचलनमा ल्याऔं,’ नेता बस्नेतले भने । उनी पूर्वउद्योगमन्त्री पनि हुन् ।

भारत सरकारले यसरी चलनचल्तीमा रहेका नोट कुनै खास समयमा प्रतिबन्ध गरी नयाँ नोट प्रचलनमा ल्याउने गरेको छ । नेता बस्नेतले पनि यस्तै गर्न भनेका हुन् ।

पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र पाण्डे केही बर्ष अगाडिदेखि यस्तो माग गर्दै आएका थिए । तर, अहिलेसम्म उनको माग सुनुवाइ भएको छैन । अहिले आएर नेता बस्नेत पनि पाण्डेको तर्कमा सहमत भएका हुन् ।


क्लिकमान्डु