एनएमबी बैंकको साधारण सभा साउन ३१ गते, १५ प्रतिशत बोनश दिने




काठमाडौं । एनएमबी बैंक लिमिटेडको साधारण सभा साउन ३१ गते हुने भएको छ । साधारण सभा हुने भएका कारण शेयर दाखिल साउन १७ गतेदेखि ३१ गतेसम्म सेयर दाखिल बन्द हुने बैंकले जनाएको छ ।

बैंकको साउन ७ गते बसेको संचालक समितिको बैठकले २२ औं साधारण सभाको प्रयोजनकालागि सेयर दाखिल बन्द गरिने निर्णय गरेकोे हो । बैंकले १५ प्रतिशन बोनश दिने प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।

बैंकले बोनस वितरणमा १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ र नगद लाभांशका लागि ६ करोड २५ हजार ९७९ रुपैयाँ खर्च गर्नेछ ।

बैंकको हालको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६ सय ३४ रुपैंया रहेको कम्पनी सचिव प्रमोदकुमार दाहालले जानकारी दिए ।


क्लिकमान्डु