ज्योति विकास बैंक ११ औं वर्षमा प्रवेश



काठमाण्डौ । ज्योति विकास बैंक लि. ले आज आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । यस बैंकको स्थापना २०६५ साल साउन ९ गते भएको हो ।

बैंकले आफ्नो दशौं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको उपलक्ष्यमा सदाझै यस वर्षपनि बैंकको कमलादी स्थीत प्राङ्गणमा तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै बैंक सामाजिक योगदानमा पनि संलग्न हुँदै आएको छ ।

बिपन्नताले पुछिएको सिन्दुर” शिर्षकमा प्रकाशित समाचार अनुसारको मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान् सहित सबै परिवार गुमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोकासंग हाल बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले निजलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्चका लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको छ ।

साथै बैंकको विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरिएको छ ।

त्यस्तै, बैंकको वर्दिबास शाखाबाटपनि धनुषामा अवस्थित लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ तथा बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन भएका छन् ।

बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ भने १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरी उक्त स्मारिकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु