बैंक अफ काठमाडौंको अध्यक्षमा प्रकाश श्रेष्ठ चयन




काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् ।

गत असार २९ गते बसेको बैंकको संचालक समितिको ८१ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरिएको बैंकले पत्र लेखेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जानकारी गराएको बुझिएको छ ।


क्लिकमान्डु