चितवनमा ग्लोबल आइएमई बैंकबाट मालपोत राजश्व संकलन



काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन ३ गते आइतबारदेखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा सुरु गरेको छ ।

बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरी उक्त कार्यालयको राजश्व संकलन शुरुवात गरेको हो । उक्त काउन्टर ग्लोबल आइएमई बैंकको नारायणगढ शाखाको अन्तर्गत संचालन हुनेछ ।

यसअघि बैंकले यातायात व्यवस्था कार्यालय सतुङगल, यातायात व्यवस्था कार्यालयहरु– गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ ।

त्यस्तै परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर तथा आन्तरिक राजश्व विभागको धरान, जनकपुर, लाहान र तुल्सीपुर, दाङको कार्यालय लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु