सिंगटी खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा कर्जा लगानीको सम्झौता



काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लि.ले निर्माण गरिरहेको दोलखा जिल्ला कालिन्चोक र विगु गाउँपालिका समेत भएर बहने सिंगटी खोलामा निर्माण भैरहेको २५ मेगावाट क्षमताको जलविद्युत आयोजनामा सहबित्तीयकरण कर्जा लगानीको सम्झौता आज सम्पन्न भएको छ ।

उक्त आयोजना नेपाल सरकारले निजी क्षेत्रवाट निर्माण गराउनका लागि टेन्डर आह्वान गरी वितरण गरिएको सुपर सिक्स नामले परिचित ६ वटा आयोजनाहरु मध्येको एक आयोजना हो ।

१६ मेगावाट क्षमताको आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन पारित गराई नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता गरी विद्युत उत्पादन अनुमति पत्र प्राप्त भई निर्माण कार्य भईरहँदा आयोजनाको क्षमतामा वृद्धी भई २५ मेघावाट कायम भएको छ । हाल २५ मेगावाट क्षमताको लागि विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरी उत्पादन अनुमती पत्र समेत प्राप्त भई सकेको जनाइएको छ ।

साविक क्षमतामा १९५ करोड सहवित्तीयकरण कर्जा प्रवाह गर्ने बैंकहरु मध्येबाट नै थप क्षमताको लागि सहवित्तीयकरण कर्जा प्रवाह गर्ने गरी सम्झौता भएको हो ।

सिभिल बैक लि.को अगुवाईमा, सेन्चुरी कमर्सियल बैक लि.(को–लिड), र अन्य कन्र्सोटियम बैकहरुमा प्रभु बैक लि., सिदार्थ बैक लि., मेघा बैक लि., लुम्बिनी विकास बैक लि., महालक्ष्मी विकास बैक लि., कुमारी बैक लि., जनता बैक नेपाल लि. र देब विकास बैक लि. रहेका छन । हाल आयोजनाको सम्पुर्ण लागत ४ अर्व पचहत्तर करोड प्रक्षेपण गरिएको छ ।

बैकहरुवाट ७० प्रतिशत कर्जा र स्वःलगानीमार्फत ३० प्रतिशत लगानी गरी आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको सिंगटी हाइड्रो इनर्जी लि. का कार्यकरी सञ्चालक गणेश कार्कीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु