न्यूटनको चालसम्बन्धी तेस्रो नियम असफल, नेपाली युवा वैज्ञानिक थापाको नयाँ नियम स्विकृत
काठमाण्डौ । नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमा मान्यता पाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।
बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको तर्फबाटआफ्नो अभियानप्रतिचासो नरहेको गुनासो पोखे । उनले करिब दूई बर्ष पहिले रिपोर्टर्स क्लब मै आएर पत्रकार सम्मेलन गरी न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको दाबी गरेकाथिए । तर नेपाल सरकार तथा शिक्षातथा विज्ञान प्रविधिमन्त्रालयले यसप्रति चासो नलिएको सुनाए ।
उनकाअनुसार ‘‘कुनै दुई वस्तु सम्पर्कमा रहँदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’’ उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्धारा आयोजित हालै सम्पन्न भएको Pure and Applied Physics 2018 नामक सम्मेलनमाआफ्नो नयाँ सिद्धान्त स्विकार भएको थापाको दाबी छ ।
आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्वसामू चिनाउन सफलभएको पनिउनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलि कतिपनि सहयोग नपाएको थापाले बताए ।
युवा वैज्ञानिक थापाले भने,‘मेरो यो अभियानलाईअन्तराष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउँदा पनि बेवास्ता गर्यो । मेरो यो गूनासो शिक्षामन्त्री समक्ष पनि पुगेको छ, तर कोष नभएर विषय दिन नसकेको भनेर सहयोग पाईन्, एकदमै दुःखलागेको छ ।’
थापाले अघि थपे,‘मैले करिब दूई वर्ष अघिदेखि अनुसन्धान जारी राखेको थिएँ र पहँुच भएको मान्छेबाटे सहयोग भएन र पूर्ण रुपमा सफल भएन । र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’
नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनि प्रतिपादन गर्ने नयाँ घोषणा गरे । यसैक्रममा प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउन खोजेको बताउदै यसको निम्ति सरकार लगायत विभिन्न व्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।