किन बढ्दैछ स्वीस बैंकमा पैसा जम्मा हुने क्रम ?



काठमाण्डौ । स्वीस बैंकमा वर्षेनी पैसा जम्मा हुने क्रम बढ्दो छ । सन् २०१७ मात्रै स्वीस बैंकमा जम्मा हुने रकम तीन प्रतिशतले बृद्धि भएको थियो । स्वीस बैंकले सार्वजनिक गरेको रिर्पोट अनुसार सन् २०१७ मा १ सय लाख करोड रुपैयाँ जम्मा भएको थियो ।

स्वीस बैंक संसारभरको कालोधन जम्मा हुने बैंकको रुपमा परिचित छ । त्यस कारण्मा पनि विश्वभर गैरकानूनी रुपमा आर्जन गरिएको रकम या कर छल्नको लागि स्वीस बैंकमा रकम जम्मा गर्ने गरेको देखिन्छ ।

कुन-कुन देशबाट धेरै रकम स्वीस बैंकमा जम्मा हुन्छ ?

स्वीस बैंकमा धेरै रकम चीनबाट आउने गरेको छ । चीनपछि रुसबाट धेरै रकम आउने गरेको छ । धेरै रकम आउने देशमा मेक्सिको तेश्रो स्थानमा रहेको छ भने भारत चौथो स्थानमा छ । मलेसियापनि स्वीस बैंकमा धेरै रकम आउने देशको सूचिमा पाँचौ स्थानमा रहेको छ ।

स्वीस बैंकमा जम्मा हुने रकम नक्कली कम्पनीको नामबाट जम्मा गर्ने गरिन्छ । रकम जम्मा गर्नको लागि ट्याक्स हेभेन देशहरुमा कम्पनी स्थापना गरेर स्वीस बैंकमा रकम पठाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघको एक तथ्याङ्क अुनसार विकासशील देशबाट मात्रै वार्षिक एक खर्ब डलर रकम स्वीस बैंकमा जम्मा हुने गर्छ ।

एक खर्ब रकमलाई समयमा रुपान्तरण गरेर प्रतिसेकेण्ड एक अंक मात्रै गन्दा पनि एक खर्बौं रकम गन्न ३१ हजार ७ सय ९ वर्ष लाग्छ ।

राष्ट्रसंघका अनुसार पछिल्ला दश बर्षमा विकासशील देशबाट बाहिरिएको रकम ती देशहरुले प्राप्त गर्ने आर्थिक सहयोग र प्रत्यक्ष वैदेशिक लगानी भन्दा धेरै रहेको छ ।

स्वीस बैंकमा अफ्रिकाबाट जम्मा हुन आउने रकम त्यहाँको कूल ग्राहस्थ उत्पादनको ५.५३ प्रतिशत रकम बराबर हुन्छ ।

युरोपका विकासशील देशबाट स्वीस बैंकमा जम्मा हुन आउने रकम ती देशहरुको कुल ग्राहस्थ उत्पादनको ४.४५ प्रतिशत रकम बराबर हुन्छ ।

एसियाबाट स्वीस बैंकमा जम्मा हुन आउने रकम एसियाको कूल ग्राहस्थ उत्पादनको ३.७५ प्रतिशत रकम बराबर हो । (एजेन्सीहरुको सहयोगमा ।)


क्लिकमान्डु