आर्थिक पत्रकार समाजमा २३ जना सदस्य थपिए (सूचिसहित)



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा २३ जना नयाँ सदस्य थपिएका छन् । बिहीबार बसेको सेजनको कार्यसमितिको बैठकले नयाँ सदस्य थप गरेको हो ।

३९ जनाले सदस्यका लागि आवेदन दिइएकोमा योग्यता पुगेका २३ जनालाई मात्रै सदस्यता दिइएको अध्यक्ष पुष्पराज आचार्यले जानकारी दिए ।

‘सेजनको विधानले तोकेको योग्यता पुगेका सबैलाई सदस्यता दिएका छौं,’ आचार्यले क्लिकमाण्डूसँग भने ।

सेजन सचिवालयका अनुसार ममता थापा, दिपेन्द्र थापा, सुवास योञ्जन, तपस थापा, बिष्णु तामाङ, प्रबिन पोखरेल, अर्पना आले मगर, भवगान खनाल, उत्तम काप्री, अर्जुन पोखरेल, उमेश पौडेल, रञ्जु काफ्लेले नयाँ सदस्यता पाएका छन् ।

त्यसैगरी, शंकर पण्डित, सरद ओझा, अमर बडुवाल, बिजय तिमल्सीना, अर्जुन तामाङ, टिपी भूषाल, पृथ्बीराज थेगिम, सुदिल पोखरेल, इशारा कोइराला, अरुण सापकोटा, सोभित थपलियाले नयाँ सदस्यता पाएका हुन् ।

त्यस्तै, पहिले सदस्य रहेका तर सदस्यता निष्क्रीय अवस्थामा रहेका गोपाल संग्रौला र श्यामुल राना मगरको सदस्यता सक्रिय बनाइएको छ ।

त्यस्तै, आर्थिक पत्रकारिता छाडेका २१ जनाको सदस्यता स्थगत गरिएको पनि अध्यक्ष आचार्यले जानकारी दिए ।


क्लिकमान्डु