२०२१ सालदेखि जमिनमा लाग्दै आएको मोहियानी हक ०७६ भदौ ४ गतेदेखि नलाग्ने



काठमाडौं । अब जमिनमा मोहियानी हक नलाग्ने भएको छ । सरकारले ०७६ भदौ ४ गतेदेखि जग्गाजमिनमा मोहियानी हक लाग्ने व्यवस्था खारेज गर्ने जनाएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजानिक सूचना नै प्रकाशन गरेर २०७६ भदौ ४ पछि मोहियानी हक नलाग्ने जानकारी गराएको हो ।

तपाईं कुनैपनि जगगाको मोही हुनुहुन्छ भने भदौ ३ गतेसम्ममा मोहियानी हकदाबी गरिसक्नु पर्ने छ । त्यसपछि तपाईंले मोहियानी दाबी गर्न पाउनुहुन्न ।

सरकारले मोहियानी हक सम्बन्धी निवेदन लिएर छिनोफानो गरेर जमिनमा कायम रहेको दोहोरो स्वामित्वको अन्त्य गर्न लागेको हो ।

मन्त्रालयले बैशाख २३ गते सार्वजनिक गरेको कृषि, पशुपंक्षी, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको रुपान्तरणको मार्गचित्र २०७५ मा एक बर्षभित्र मोहि सम्बन्धी समस्या पूर्णतः समाधान गर्ने उल्लेख थियो ।

सोही मार्गचित्र अनुसार मन्त्रालयले मोहियानी समस्या समाधान ईकाई गठन गरेर जमिनमा कायम रहेको द्धैध स्वामित्व अन्त्य गर्न लागेको हो ।

निवेदन मोहियानी वा जग्गाधनी दुबैले दिनसक्ने मन्त्रालयका प्रवक्ता गोपाल गिरीले जानकारी दिए ।

उनका अनुसार नेपालमा एक लाख बढी मोइयानीहरु रहेका छन् । विगतमा उनीहरुले काम गरेको जग्गाको आधा जग्गा मोहियानी हक अन्तर्गत उनीहरुको पनि हुने व्यवस्था थियो । त्यसले गर्दा एउटा जग्गामा २ जनाको स्वामीत्व हुने थियो ।

जग्गामा दोहोरो स्वामित्व हटाउनका लागि मोहियानीको अन्तिम निवेदन लिएर यो व्यवस्था नै खारेज गर्न लागिएको प्रवक्ता गिरीले बताए ।

०२१ सालको भूमि ऐन अनुसार एउटा जग्गामा काम गर्ने मोही र जग्गा धनी दुबै जनाको हक जग्गामा लागु हुने व्यवस्था थियो । हालसम्म नेपालका ७७ वटै जिल्लामा मालपोत कार्यलय र २१ वटा भूमि सुधार विभागबाटनै मोइका लागि निवेदन दिन पाउने छन् ।

के हो मोहियानी ?

मोहियानी भन्नाले अर्कैको जग्गाका खेती किसान गर्नेलाई बुझिन्छ । जसले आफूले अरुको जग्गामा श्रम गर्छन र त्यस श्रम बापत उत्पादन भएको वस्तु जग्गा धनीलाई पयिन बढेर चलाउने गर्छन् ।

यो नेपालमा पहिलै देखि चलिआएको एउटा चलन हो । जसले गर्दा एउटै जग्गामा १ भन्दा बढी व्यक्तिको स्वामीत्व हुँदै आएको थियो । यही स्वामीत्वको अन्त्य गर्दै सरकारले मोइयानीहकको रुपमा उनीहरुलाई आदि जग्गा उपलब्ध गराउन लागेको हो ।


पुष्प दुलाल