साउदीमा महिला सवारी चालक भएपछि अर्थतन्त्रमा ९० अर्बको योगदान



काठमाण्डौ । साउदी अरबले महिलालाई सवारी चलाउन अनुमति दिएसंगै साउदी अरबको अर्थ व्यवस्थामा ठूलो फाईदा पुग्ने देखिएको छ ।

ब्लुमबर्ग पत्रिकाका अनुसार साउदी अरबमा सन् २०३० सम्ममा ९० अर्ब अमेरिकी डलरको योगदान पुग्ने देखिएको छ । यस बाहेक साउदी अरबियन तेल कम्पनीले पनि १ सय विलियन डलर बरारबरको सेयर भ्यालु बढ्ने देखिएको छ ।

सााउदी अरब महिलालाई सवारी चालक अनुमति दिने पृथ्वीको अन्तिम देश हो । साउदीमा महिलाले सवारी साधन चलाउने भएपछि रोजगारीको संख्या बढ्ने छ । सवारी साधनको विक्रीको संख्यापनि बढ्ने छ । यस बाहेक साउदीको अर्थतन्त्रमा महिलाको योगदान पनि थपिने छ । तर, यसले केही समय भने अवश्य लिने छ ।

साउदी अरबको बजारमा अब प्रत्येक वर्ष ७० हजार जति महिला कामदार थपिने अनुमान पनि गरिएको छ । अरब देशमध्ये साउदी अरबमा सबैभन्दा थोरै महिला कामदार छन् ।

साउदी अरबका महिला श्रम बजारमा आएको सुरुवाति वर्षमै शून्य दशमलव ९ प्रतिशतको योगदान हुने त्यहाँका अधिकारीले बताएका छन् ।


क्लिकमान्डु