काठमाडौं महानगरले नै ३ गुणाले बढायो जग्गाको मुल्य, कहाँ कति तोक्यो ? (सूचिसहित)



काठमाडौं । गतवर्ष काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले बजेट ल्याउने बेला दरवारमार्ग क्षेत्रको जग्गाको मुल्यांकलन रोपनीको ३ करोड रुपैयाँ तोेकेका थिए ।

आनाको २ करोडभन्दा बढी पर्ने जग्गाको मुल्यांकन रोपनी बराबर गरेको महागरले यो वर्ष सार्वजनिक गरेको बजेटमा मुल्यांकन ३ गुणाले बढाएको छ ।

गतवर्षको बजेटमा काठमाडौं महानगपालिकाले दरवारमार्गमा आनाको १८ लाख रुपैयाँ तोेकेको थियो । यो वर्ष बजेट सार्वजनिक गर्दा आनाको ६० लाख तोकिएको छ । कारोबार भने सो क्षेत्रमा ३ करोडमा हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी जग्गाको मुल्यांकन दरवारमार्ग,नयाँ बानेश्वर,न्यूरोड पुतलीसडक क्षेत्रको आनाको ६० लाखको दरले गरेको छ ।

मुल्यांकन बढेपछि घरजग्गा कारोबारमा लाग्ने करको रकम समेत बढ्ने छ । महानगरले सम्पत्ति कर प्रयोजनका लागि मुल्यांकन बढाएको छ । मुल्यांकन बढाएपछि सो अनुसारको कर तिनुपर्छ ।

काठमाडौं महानगरले गोरेटो बाटो भएका विभिन्न क्षेत्रको न्यूनतम मुल्यांकन आनाको ११ लाख तोकेको छ ।


क्लिकमान्डु