अब किसानको गुनासो एप्सबाटै समाधान हुने



 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । अब किसानले आफ्नो समस्याको बारेमा एप्स मार्फत नै गुनासो गर्न पाउने छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी सहितको मोवाइल एप्स प्रयोगमा ल्याएको छ ।


मन्त्रालयमा भएको एक कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले ‘भूमि सुशासन’ नामक एप्सको सार्वजनिक गरेका हुन् ।
मोवाइल एप्सको सार्वजनिक गर्दै मन्त्री खनालले यो एउटा सानो सुरुवात मात्र भएको बताए । उनले यस एप्सले प्रयोगकर्तालाई केही राहत मिल्ने र यो एपमा सुधार गर्दै जान पनि प्राविधिकहरुलाई आग्रह गरेका छन् ।

भूमि सम्बन्धि नापजाँच इकाइ, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बर सोधिने प्रश्नहरु पनि मोवाइल एप्समा समेटिएको मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए । उनले यो एप्स राम्ररी प्रयोग गर्न सकेमा मालपोत कार्यालयहरुमा दलालहरुको बिगबिगी पनि अन्त्य हुने बताए ।

एप्समा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमहरुको संक्षिप्त परिचय, उपलब्धीबारे जानकारी, मन्त्रालयबाट प्रदान हुने मुख्य सेवाहरुबारे जानकारी, सेवा वडापत्र, मन्त्रालय अन्तर्गतका कार्यालयहरुको कार्यक्षेत्रबारे जानकारी, सेवाग्राहीले कार्यालय (मालपोत, नापी र भूमिसुधार)मा पेश गर्नुपर्ने निवेदनका ढाँचाहरु, ऐन तथा नियमहरु, भूमि शब्दकोश लगायतका ११ वटा विधामा बर्गिकरण गरिएको छ ।

यो एप्स कुनै पनि एण्ड्रोएड मोबाइलको प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ ।


क्लिकमान्डु