ट्रेड वारः चिनियाँ लगानीकर्ताले सातामै ५१४ अर्ब डलर गुमाए



चीन र अमेरीकाको ट्रेड वारको असर लगातार बढीरहेको छ । चिनियाँ सेयर बजारमा पनि ट्रेड वारको असर देखिएको छ ।

जनवरीको तुलनामा सांघाई कम्पोजीट इन्डेक्समा १९ प्रतिशतले गिरावट आएको छ । चिनियाँ सेयर बजारमा मानिस सेयर बेच्न खोजिरहेका छन् । तर, खरिद गर्ने भने कोही इच्छुक छैन ।

चिनियाँ सेयर बजारमा सन् २०१५ पछि देखिएको यो ठूलो उथलपुथल हो । साउथ चाईना मर्निङ पोष्टका अनुसार चिनियाँ सेयर बजारमा गत हप्ता ५ सय १४ अर्ब डलर बरारबरको नोक्सान भएको छ ।

यो रकम भनेको स्विडेनको पूरा अर्थव्यवस्था जति हो ।

सांघाई कम्पोजीटमा पछिल्ला दुई वर्षमा ३४ प्रतिशतले बृद्धि भएको थियो । यो बृद्धी ठूला कम्पनीले नाफा कमाएका कारण भएको थियो । विश्लेषकहरुका अनुसार चिनियाँ सेयर बजार पूँजी अभाव र ट्रेड वार दुवैको मारमा परेको छ ।

ब्लुमवर्गको एक रिर्पोट अनुसार ट्रेड वारका कारण विदेशी लगानीकर्ता चिनियाँ सेयरबजारमा लगानी गर्न डराएका छन् । साउथ चाईना मर्निङ पोष्टका अनुसार विदेशी लगानीकर्ताले गत मंगलबार मात्र ३ खर्ब ५ अर्ब युआन बराबरको सेयर बेचेका छन् । यस बाहेक बुधबार पनि विदेशी लगानीकर्ताले ८ सय ३४ मिलियन युआन को सेयर बेचेका छन् ।

अमेरीकी राष्ट्रपती डोनाल्ड ट्रम्पले २ सय अर्ब डलर बरारबरको चिनियाँ सामाग्रीमा कर लगाउने घोषणा गरेपपछि चीनले पनि अमेरीकी उत्पानदमा कर लगाने बताएको छ । चिनियाँ सेयर बजारमा देखिएको यो गिरावटको असर केही दिनभित्रै अमेरीकी सेयर बजारमा पनि देखिने बताईएको छ ।

यस बाहेक शुक्रबार जापानी स्टक मार्केटमा पनि १.१ प्रतिशतको गिरावट आएको थियो । वाल स्ट्रिट जनरलका अनुसार भियतनाम र फिलिपिन्सको सेयर बजारमा पनि भारी उचारचढाव देखिएको छ । निक्केइ एशियन रिभ्युका अनुसार अमेरीकाले स्टिल र अलमुनियममा अतिरित्त कर लगाउने घोषण गरेसंगै दुनियाभरको सेयर बजारमा ७८ खर्ब डलर बराबरको गिरावट आएको छ ।

यता ट्रम्पले युरोपियन अटो इन्ड्रस्टीका उत्पादनमा पनि २० प्रतिशत अतिरित्त कर लगाउने घोषणा गरेसंगै युरोपियन देशले पनि अमेरीकी सामानमा कर लगाउने बताएका छन् ।


क्लिकमान्डु