भरतपुर महानगरको बजेट साँढे तीन अर्ब, कुन शीर्षकमा कति ?



चितवन । भरतपुर महानगरपालिकाले आव का लागि तीन अर्ब ३४ करोड पाँच लाखको बजेट प्रस्ताव गरेको छ ।

महानगरपालिकाको आजबाट शुरु भएको परिषदमा उक्त बजेट प्रस्तुत भएको हो । महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार चालूतर्फ रु एक अर्ब ७० करोड ४९ लाख अर्थात् कूल बजेटको ५१.०४ प्रतिशत छ भने पूँजीगततर्फ एक अर्ब ६२ करोड ५६ लाख अर्थात् ४८.६६ प्रतिशत रहेको छ ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ एक करोड अर्थात् ०.३० प्रतिशत बजेट प्रस्ताव गरिएको उनले बताए । बजेटले आर्थिक विकासमा चार करोड ५० लाख, पूर्वाधार तथा शहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापनमा १२ करोड, संस्थागत तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख, सामाजिकमा तीन करोड ५० लाख र वित्तीय व्यवस्थापन तथा प्रशासनतर्फ रु ७१ करोड रुपैयाँ प्रस्ताव गरिएको उनले जानकारी दिए ।

महानगरपालिकाका लेखा उपसचिव खडानन्द अधिकारीका अनुसार महानगरले राजश्व प्रक्षेपणबाट ५५ करोड, केन्द्र सरकारबाट बजेट एक अर्ब ३३ करोड, प्रदेश सरकारको बजेट १५ करोड, राजश्व बाँडफाँड केन्द्रबाट २७ करोड, राजश्व बाँडफाड प्रदेशबाट १५ करोड, बैंक मौज्दात ३० करोड, सामाजिक सुरक्षा अनुदान केन्द्रबाट ४५ करोड र उपभोक्तालागत २० करोड गरी बजेट व्यवस्थापन गरिएको छ । रासस


क्लिकमान्डु