सिमेन्टमा १५ अर्ब चिनियाँ लगानी, ५ हाइड्रोपावर बनाउने सहमति



काठमाडौं । चीनबाट सिमेन्ट उद्योगमा १५ अर्ब रुपैयाँको लगानी आउने भएको छ ।

चीनको हुवासिन सिमेन्टले नेपालमा १५ अर्बको बैदेशिक लगानी सिमेन्टमा ल्याउने भएको हो । नेपाली लगानीकर्तासँग सयुक्त लगानीमा काम गर्नको लागि हुवासिन सिमेन्ट नारायणी प्रालि कम्पनी स्थापना भएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका उपाध्यक्ष सु ग्याङबीच लगानी व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।

सिमेन्ट उद्योगको क्षमता दैनिक ३ हजार मेट्रिक टन रहेको छ । सिमेन्ट उद्योगमा चिनियाँ लगानी आउन लागेको दोस्रो पटक हो । चीनको होङ्सी सिमेन्टले नेपालको सिमेन्ट उद्योगमा लगानी गरिसकेको छ ।

यसअघि बोर्ड र कम्पनीबीच लगानी सम्बन्धमा प्रारम्भिक सम्झौता भएको थियो । उद्योगमा एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।
यस्तै प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पूर्वी तराईमा सिँचाई योजनाका लागि सम्भायता अध्ययनका लागि सम्झौता भएको छ । ऊर्जा मन्त्रालय र चीनको चाइना कम्युनिकेश कन्स्ट्रक्सन कम्पनीबीच कमला,कन्कायी नदीमा सिचाई आयोजना संचालन गर्नको लागि प्रारम्भिक सम्झौता भएको हो ।

यस्तै उद्योग वाणिज्य महासंघकी अध्यक्ष समेत रहेकी भवानी राणाको कम्पनी फरचुना इन्भेष्टमेन्ट फुड पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । सिल्क रोड इन्टरनेशनल इन्भेष्टमेन्ट अन्तर्गत ४६ अर्ब रुपैयाँ लगानी हुने छ ।

यस्तै विभिन्न जलविद्युत् आयोजना निर्माणको लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ ।

बुट मोडलमा निर्माण गरिने कालिगण्डकीको १६४ मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि सयुक्त विकास सम्झौता भएको छ । यसमा ३७ अर्बको लगानी हुने छ ।

यस्तै ४०.२७ मेगावाटको न्यादी जलविद्युत् आयेजनाको प्लान प्रोजेक्टका लागि सम्झौता भएको छ । इएफसिएम मोडलमा यो आयोजना बन्ने छ ।

यस्तै चीनले २ लाख देखि ५ लाख थानसम्म पश्मिना लिने भएको छ । नेपाल पश्मिना उद्योग संघ र ओभर इन्टरनेशनल ट्रेड प्लाटफर्म सिआईसी म्युचुल टे«ड कम्पनीसँग सो सम्झौता भएको हो ।

यस्तै मस्याङ्दी ६ सय मेगावाटको जलविद्युत् आयोजना बनाउनको लागि बुटवल पावर कम्पनीले चिनियाँ कम्पनीसँग फेमर्वक सम्झौता गरेको छ ।

त्रिशुली गल्छी ७५ मेगावाटको जलविद्युत् आयोजनाका लागि समेत फेमवर्क सम्झौता भएको छ ।


क्लिकमान्डु