विदेशबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ ? कहाँबाट पठाउँदा कति लाग्छ खर्च ?



काठमाडौं । विदेशमा काम गरे आम्दानी गरेको रकम सबैले आफ्नो परिवारको सुःखका लागि नेपाल पठाइरहेको हुन्छ ।

तर, रकम पठाउन पनि केही शूल्क लाग्छ । त्यसका पनि सबैभन्दा बढी रकम मलेसिया र खाडीका ६ राष्ट्र साउदी अरब, ओमन, बराईन, दुबई, कतार र कुबेतबाट नै आउँछ ।

नेपालले प्राप्त गर्ने रकमको ७० प्रतिशत हिसा यी देशमा गइ काम गरेर रकम पठाउनेको छ । यी देशबाट २ सय अमेरिकी डलर पठाउँदा लाग्ने खर्च कतार बाहेकका देशमा  कुल रकमको ५ प्रतिशत भन्दा कम रहेको छ ।

यसैगरी अन्य छिमेकी मुलुक भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानसँगको तुलनामा साउदी अरेवियाबाट नेपालमा प्राप्त हुने विप्रेषणको लागत भने न्यून रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

साउदी अरेवियाबाट नेपाल अमेरिकी डलर दुई सय बराबरको रकम पठाउदा लागत २.०६ प्रतिशत मात्रै लाग्छ । जुन अन्य सार्क मुलुकहरुको तुलनामा सबैभन्दा सस्तो हो ।

यसैगरी अमेरिकी डलर २ सय रुपैयाँ बराबरको रकम मलेसियाबाट नेपाल पठाउँदा न्यूनतम २.२४ प्रतिशतदेखि अधिकतम ३.०९ प्रतिशत गर औसतमा २.७१ प्रतिशत लाग्ने राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

यस्तै गरी कतारबाट बाट न्यूनतम १.५९ प्रतिशतदेखि अधिकतम ९.७२ प्रतिशत गरी औसत मा ५.१९ प्रतिशत लाग्छ । यसैगरी साउदी अरेवियाबाट न्यूनतम २.३३ प्रतिशतदेखि अधिकतम ३.७० प्रतिशत गरी औसतमा ३.४५ प्रतिशत लाग्ने गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, संयुक्त अरब ईमिरेट्सबाट न्यूनतम ०.५३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशत गरी औसतमा ३.३२ प्रतिशत लागेको देखिन्छ ।
तुलनात्मक रुपमा खाडी मुलुकहरु भन्दा मलेसियाबाट विप्रेषण पठाउन कम लागत लाग्ने गरेको राष्ट्र बैंकले गरेको अध्ययनमा उल्लखे  छ ।

कतार र संयुक्त अरब इमिरेट्सबाट नेपाल विप्रेषण पठाउन अन्य सार्क मुलुकहरु भन्दा बढी खर्च लाग्ने गरेको छ ।तर विप्रेषणको मात्रा बढेसँगै पठाउने लागतमा कमी आउने गर्दछ ।

नेपालमा अमेरिकी डलर ५ सय पठाउन सबैभन्दा कम साउदी अरेवियामा लाग्ने गरेको छ भने सबैभन्दा बढी कतारमा लाग्ने गरेको छ । विप्रेषण पठाउन लाग्ने लागतको देशगत भिन्नतालाई हेर्दा लागत निर्धारण हुने कारक तत्वहरु पत्तालगाउन सकिएमा लागत घटाउन सक्ने सम्भावना देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु