बढ्दै छ व्यापार गर्नेको संख्या, वाणिज्य विभागबाट मात्र २६ करोड राजस्व



काठमाडौँ । वाणिज्य तथा आपूर्ति विभागमा दर्ता हुने फर्मको संख्यामा दोब्बर मात्रामा बृद्धि भएको छ ।

विभागको तथ्याकं अुनसार गत आर्थिक वर्षमा प्राईभेट, साझेदारी र एजेन्सी गरि जम्मा १६ हजार ९० वटा फर्म विभागमा दर्ता भएका थिए ।

तर चालु आर्थिक बर्षको बैशाख अन्तीमसम्ममा विभागमा दर्ता भएका कुल फर्मको संख्या २७ हजार ५ सय ९२ पुगेको छ ।

विभागका सूचना अधिकारी तथा निर्देशक पुरुषोत्तम सुवेदीका अनुसार यो संख्या अझै बढ्ने देखिन्छ ।

विभागको तथ्याकं अनुसार दर्ता हुन आउनेमा प्राईभेट फर्मको संख्या धेरै रहेको छ । गत आर्थिक वर्षमा दर्ता भएका प्राईभेट फर्मको संख्या १५ हजार ८ सय ९३ थियो भने चालु अर्थिक वर्षमा यो संख्या बढेर २५ हजार ६ सय ४१ पुगेको छ ।

विभागले प्राईभेट फर्म, साझेदारी फर्म, एजेन्सी दर्ता गर्ने गर्छ भने कम्पनीलाई कारोबार अनुमति प्रदान गर्ने गर्छ ।

विभागले गत आर्थिक वर्षमा मात्रै नयाँ दर्ता भएका सबै प्रकृतिका व्यवसायबाट १४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

विभागले नयाँ दर्ता, नविकरण, खारेजी, प्रतिलिपि तथा संसोधनबाट करिब २६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।


क्लिकमान्डु