कम्पनी दर्तामै सरकारले खाइदिन्छ जनताको १ लाख ६० हजारसम्म मुलधन




काठमाडौं । पछिल्लो समय युवाहरु विभिन्न व्यापार, व्यवसाय, उद्योग वा कम्पनी स्थापना गर्नतर्फ उन्मुख भएका छन् । यसरी कुनैपनि प्रकारको व्यवसाय सञ्चालन गर्दा व्यवसायको प्रकृति हेरेर सरकारको सम्बन्धित निकायमा व्यवसाय दर्ता गराउनुपर्ने हुन्छ ।

यसरी ब्यवसाय दर्ता गराउँदा सरकारलाई चर्काे शुल्क तिर्नुपर्ने हुन्छ । उद्यमशीलताको विकासका लागि कम्पनी वा फर्म दर्ता सहज बनाउनु जरुरी हुन्छ । तर सरकारले तोकेका शुल्कको अतिरिक्त पनि पैसा तिर्नुपर्ने वाध्यताका कारण उद्यमशीलतामा नकारात्मक असर परिरहेको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा ५० करोड रुपैयाँ अधिकृत पुँजी भएको पब्लिक कम्पनी दर्ता गर्दा १ लाख ६० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । सोभन्दा माथिको कम्पनीको हकमा प्रतिएक करोडमा ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ ।

सरकारले यसरी कम्पनी दर्तामा नै चर्काे शुल्क लिदा फर्म वा कम्पनी दर्ता गर्ने ब्यक्ति वा समुहको मुलधन नै सकिने गरेको छ ।

व्यवसाय दर्ता गर्दा दर्ता गराउने निकायमा शूल्क तिर्नुपर्ने हुन्छ । केही प्रमुख व्ययवसाय दर्ता गराउने निकायमा व्यवसाय दर्ता गरे वापत कति शूल्क तिुर्नपर्छ भनेर क्लिकमाण्डु टोलीले विवरण तयार पारेको छ ।

वाणिज्य तथा आपुर्ति व्यवस्थापन विभाग
वाणिज्य विभागमा १ लाख रुपैयासम्म पूँजी भएको व्यवसाय दर्ताका लागि १ हजार रुपैया दर्ता शूल्क तिर्नुपर्छ । दर्ता भइसकेको व्यवसाय नविकरण गर्दा भने ६ सय रुपैयाँ तिर्नुपर्छ ।

विभागका अनुसार १ लाख रुपैँयादेखि ३ लाख रुपैयाँसम्म पूँजी भएको व्यवसाय दर्ता गर्दा ३ हजार रुपैयाँ दर्ता दस्तुर तिर्नुपर्छ भने नविकरण दस्तुर १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस्तै ३ लाखदेखि ५ लाख रुपैयाँसम्म पूँजी भएको व्यवसाय दर्ता गर्दा ६ हजार रुपैयाँ दर्ता दस्तुर तिर्नुपर्छ भने नविकरण दस्तुर १६ सय रुपैयाँ तिर्नुपर्छ ।

विभागमा ५ लाखदेखि २० लाख रुपैयाँसम्म पूँजी भएको व्यवसाय दर्ता गर्दा १२ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ भने नविकरण दस्तुर ३ हजार रुपैयाँ तिर्नुपर्छ ।

विभागका अनुसार २० लाखदेखि १ करोडसम्म अधिकतम पूँजी भएको व्यवसाय दर्ता गर्दा २० हजार रुपैयाँ दर्ता दस्तुर तिर्नुपर्छ भने नविकरण दस्तुर ५ हजार रुपैयाँ तिर्नुपर्छ ।

यस्तै १ करोडदेखि ५ करोड रुपैयाँ पूँजी भएको व्यवसाय दर्ता गराउँदा ३० हजार रुपैयाँ दर्ता दस्तुर तिर्नुपर्छ, भने नविकरण दस्तुर ८ हजार तिर्नुपर्छ ।

विभागका अनुसार ५ करोडभन्दा धेरै पूँजी भएको व्यवसाय दर्ता गराउँदा ५० हजार रुपैयाँ दर्ता दस्तुर तिर्नुपर्छ भने १५ हजार रुपैयाँ नविकरण दस्तुर तिर्नुपर्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा नेपाल सरकारले कम्पनी ऐन, २०६३ अनुसार प्राईभेट लिमिटेड कम्पनी दर्ता गर्नको लागि १ लाख रुपैयाँसम्म पूँजी भएको कम्पनीको हकमा १ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको छ ।

एक लाखदेखि ५ लाख रुपैयाँसम्म पूँजी भएको कम्पनी दर्ता गर्नको लागि ४ हजार ५ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

पाँच लाखदेखि २५ लाख रुपैयाँ अधिकतम पूँजी भएको कम्पनी दर्ता गर्नको लागि ९ हजार ५ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ ।

यस्तै २५ लाखदेखि १ करोड रुपैयाँसम्म अधिकतम पूँजी भएको कम्पनी दर्ता गर्न १६ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ भने १ करोडदेखि २ करोड रुपैयाँसम्म पूँजी भएको कम्पनी दर्ता गर्नको लागि १९ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

दुई रोडदेखि ३ करोड रुपैयाँसम्म पूँजी भएको कम्पनी दर्ताको लागि २२ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ भने ३ करोडदेखि ४ करोड रुपैयाँसम्म पूँजी भएको कम्पनी दर्ता गर्दा २५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

कम्पनी रजिष्टारमा ४ करोडदेखि ५ करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ता गर्दा २८ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ । यस्तै ५ करोडदेखि ६ करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ता गर्दा ३१ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

त्यसैगरी ६ करोडदेखि ७ करोड रुपैयाँसम्म पूँजी भएको कम्पनी दर्ताको लागि ३४ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ भने ७ करोडदेखि ८ करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ताको लागि ३७ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

कार्यालयका अनुसार ८ करोडदेखि ९ करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ताको लागि ४० हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ भने ९ करोडदेखि १० करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ताको लागि ४३ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

यसैगरी १० करोड रुपैयाँ भन्दा माथिको पूँजी भएमा प्रतिएक लाखमा ३० रुपैयाँका दरले दस्तुर तिर्नुपर्छ ।

पब्लिक लिमिटेड कम्पनी
रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनी दर्ता गराउँदा १० लाख रुपैयाँसम्म पूँजी भएको कम्पनी दर्ता गर्दा १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

यस्तै १० लाखदेखि १ करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ता गराउन ४० हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

एक करोडदेखि २० करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ता गराउन ७० हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ भने २० करोडदेखि ३० करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ता गराउन १ लाख रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

यस्तै ३० करोडदेखि ४० करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ता गराउँदा १ लाख ३० हजार रुपैयाँ दस्तुर बुझाउनुपर्छ भने ४० करोडदेखि ५० करोड रुपैयाँ पूँजी भएको कम्पनी दर्ता गराउँदा १ लाख ६० हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

यसैगरी ५० करोडभन्दा माथि पूँजी भएमा प्रतिएक करोडमा ३ हजार रुपैयाँका दरले दस्तुर लाग्ने रजिष्ट्रार कार्यालयले जानकारी दिएको छ ।

प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा र पब्लिक लिमिटेडबाट प्राईभेट लिमिटेडमा कम्पनी रुपान्तरण गर्दा कम्पनीको पूँजी अनुसारको नयाँ कम्पनी दर्ता गर्दा लाग्ने दस्तुरको ५० प्रतिशत तिर्नुपर्ने हुन्छ ।

घरेलु तथा साना उद्योग विभाग
घरेलु तथा साना उद्योग विभागमा व्यवसाय दर्ता गराउँदा विभागले उद्योगको प्रकृति हेरेर विभिन्न ७ प्रकारमा विभाजन गर्दै आएको छ । घरेलु तथा साना उद्योग विभागका अनुसार अधिकतम पाँच लाख रुपैयाँ पूँजी रहेको उद्योगलाई लघु उद्योग अन्र्तगत राखिन्छ ।

परम्परागत शीप र प्रविधिमा आधारित अथवा अधिकतम दश किलोवाट विद्युत् खपत गर्ने उद्योगलाई घरेलु उद्योग अन्र्तगत विभाजन गरिएको छ ।

त्यस्तै दश करोड रुपैयाँसम्म पूँजी भएका उद्योगलाई साना उद्योग अन्र्तगत दर्ता गर्न सकिने विभागले बताएको छ ।

दश करोडभन्दा माथि २५ करोड रुपैयाँसम्म अधिकतम पूँजी भएका उद्योगलाई मझौला उद्योग अन्र्तगत दर्ता गरिन्छ भने २५ करोडभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योग अन्र्तगत दर्ता गर्ने गरिन्छ ।

घरेलु तथा साना उद्योग विभागमा उद्योग दर्ताका लागि १ लाख रुपैयाँसम्म पूँजी भएको प्राईभेट फर्मका दर्ता गर्दा १ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ भने साझेदारी फर्म दर्ता गर्दा ७ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

एक लाखदेखि ३ लाख रुपैयाँसम्म पूँजी भएको प्राईभेट फर्म दर्ता गर्दा ३ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ भने साझेदारी फर्म दर्ता गर्दा २ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

तीन लाखदेखि ५ लाख रुपैयाँसम्म पूँजी भएको प्राईभेट फर्म दर्ता गर्दा ६ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ भने साझेदारी फर्मको रुपमा दर्ता गर्दा ४ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

त्यसैगरी ५ लाखदेखि १० लाख रुपैयाँसम्म पूँजी भएको प्राइभेट फर्म दर्ता गर्दा ६ हजार १ सय र साझेदारी फर्म दर्ता गर्दा ७ हजार ६ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

विभागमा ५ लाखदेखि २० लाख रुपैयाँसम्मको प्राईभेट फर्म दर्ता गर्दा १२ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ भने साझेदारी फर्म दर्ता गर्दा ७ हजार ६ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

यस्तै १० लाखदेखि ५० लाखसम्म पूँजी भएको प्राईभेट फर्म दर्ता गर्दा १२ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ भने साझेदारी फर्म दर्ता गर्दा १० हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

विभागमा २० लाखदेखि १ करोड रुपैयाँसम्म पूँजी भएको प्राईभेट फर्म दर्ता गर्दा २० हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ भने साझेदारी फर्म दर्ता गर्दा १० हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

त्यस्तै ५० लाख भन्दा माथिको प्राईभेट फर्म दर्ता गर्दा २० हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ भने साझेदारी फर्म दर्ता गर्दा १५ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

एक करोडदेखि ५ करोड रुपैयाँ पूँजी भएको प्राईभेट फर्म दर्ता गर्दा ३० हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ भने साझेदारी फर्म दर्ता गर्दा १५ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।

पाँच करोडभन्दा माथि पूँजी भएको प्राईभेट फर्म दर्ता गर्दा ५० हजार १ सय र साझेदारी फर्म दर्ता गर्दा १५ हजार १ सय रुपैयाँ दस्तुर तिर्नुपर्छ ।


क्लिकमान्डु