बजेटको असर: बढ्ने भयो खानेतेलको भाउ, दाल र चामल उद्योगमा संकट



काठमाडौं । बजेटमा बढाइएको करको दरको कारण दाल,चामल र खानेतेलको भाउँ बढ्ने भएको छ ।

नेपाल चामल तेल दाल उद्योग संघले प्रेस विज्ञप्ती जारी गरेर करमा बढाएको दरको कारण दाल,चामल र खानेतेलको भाउँ बढ्ने जनाएको छ ।

संघले तोरीको तेलमा दिएको ४० प्रतिशत मुल्यअभिबृद्धि कर(भ्याट) फिर्ता सुविधा हटाएको र तोरीको गेडा आयातमा लाग्ने भन्सार शुल्क १ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको जनाएके छ ।

यसबाट आम उपभोक्तालाई प्रत्यक्ष भार पर्न गई प्रति लिटर सरदर १५ रुपैयाँ बढ्ने दाबी गरेको छ । तोरीमा भारत आत्मनिर्भर मुलुक भएको र भारतमा तोरी तेल र सबै तेलमा ५ प्रतिशत जिएसटी भएको हुँदा अनधिकृत रुपमा तोरीतेल भित्रिने सम्भावना अत्यन्त ज्यादा भएको छ ।

अप्रंशोधित दाल तथा गेडागुडीमा भन्सार महसुल ५ प्रशितबाट १० प्रतिशत पुर्याइएको छ । जबकी प्रशोधित दालमा भंसार महशुल १० प्रतिशत छ ।

तयारी दाल र कच्चा पदार्थमा दुई तहको करको दर हुनु पर्नेमा समान भन्सार दर लगाई दिंदा भोलिका दिनमा स्वदेशी उद्योग संरक्षण भन्दा पनि आयातलाई प्रोत्साहन मिल्ने देखिन्छ ।

तयारी दाल र कच्चा पदार्थमा समान दर भएको कारण तयारी दाल आयात गर्ने परिपाटीको सिर्जना भई आयातले मात्र प्रोत्साहन पाउँने दाबी संघको छ ।

यस्तै अत्याधिक मात्रामा चामल आयात भएको कारण यहांका उद्योगहरु धारासायी भैसकेको अवस्था छ । चामल आयातमा १५ प्रतिशत भन्सार महसुल लगाईदिदा स्वदेशी उद्योगलाई राहत मिल्ने थियो यसो हुन चामल उद्यमीहरु निराश भएको जनाएको छ ।


क्लिकमान्डु