आज बजेट भाषण हुँदै, जनता अनविज्ञ



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले संघिय संसद्मा बजेट पेश गर्न केही समय मात्र बाँकी छ । बजेटको बारेमा भने आम सर्वसाधारणको चासो भने निकै नै कम छ ।

टुकुचाको तरकारी बजार बाहिर मकै पोल्दै बसेकी ओखलढुङगाकी ठुली पौडेल आज सार्वजनिक हुन लागेको बजेट भाषणको बारेमा आफुलाई केही थाहा नभएको बताउछिन् ।

२० वर्षदेखि मकै पोलेरै आफ्नो छाक टार्ने गरेकी उनी यो बजेट पछि गरिबले कुनै कुनामा गएर काम गरी खाना पाए सन्तोक हुने बताउँछिन् ।

‘यताबाट आयो की उताबाट नगरपालीकाका मानिसहरु आए भनेर चोर झै हेर्नुपर्छ, बिहानदेखि काम गर्यो बेलुकाको छाक पुराउनै धाउधाउ पर्छ,’ पौडेलले भनिन् ।

‘२४ गतेदेखि नगरपालिकाले कतै बाटोमा बसेर व्यापार गर्न नदिने भन्ने हल्ला छ, जो आए पनि गरिबलाई केही सुख छैन,’उनले दुखेसो पोखिन ।

पूरानो बसपार्क नजिकै कपडा पसल बाहिर कपडा सिलाउँदै गरेको हरिबहादुर दाश पनि बजेट भान हुन लागेको बारे आफुलाई केही थाहा नभएको बताउछन् ।

१६ वर्षदेखि लुगा सिलाउदै आएका दोलखा घरभएका उनी यो बजेट पछि राम्रो होस भन्ने मात्र चाहान्छन् ।

‘बजार भाउ सस्तो भए हुन्थ्यो, ऋण सहुलियतमा पाए हुन्थ्यो, रोजगारीको पाए हुन्थ्यो यो गरिबको भनाइ यही हो,’ दाशले भने ।

पुतलीसडकको फनपार्क छेउमा माक्स बेचेर बस्दै गुजारा चलाउदै आएकी सबिता खड्का पनि बजेट भाषण हुने सम्बन्धी आफुलाई केही थाहा नभएको बताउँछिन् ।

दाङ घर भएई १० वर्ष देखि यही बाटोमा बसेर माक्स बेच्दै गरेकी खड्का बजारमा सामानको मूल्य घटिदिए हुन्थ्यो भन्ने अपेक्षामा छिन् ।

‘भाउ बढे पछि घट्दैन, कर्मचारीको तलब बढ्यो भन्छन्, यता बजारमा सामानको भाउ ह्वातै बढेको कसैलाई थाहा छैन्,’ खड्काले भनिन् ।

न्यूप्लाजा पछाडी खुद्रा पसल राखेर बस्दै आएका बिमल पहाडी बजेट भाषणको बारेमा आफुलाई थाहा भएको बताउछन् । सिन्धुली घर भएका उनी यो भाषण पछि बेरोजगारले रोजगार पाए हुन्थ्यो भन्ने अपेक्षामा छन् ।
‘युवाहरुले रोजगार पाए र बजार व्यवस्थापन भए राम्रो हुन्थ्यो, पहाडीले भने ।

कालिकास्थान नजिकै जुत्तामा सिलाउदै बसेका कामेस्वर राम मिथुन दाई नामले चिनिने गरेका उनी बजेट भाषण बारे आफुलाई थाहा भएको बताउछन् । सप्तरी घर भएका उनी आउदो बजेट भाषण पछि भाडा नबढे हुन्थ्यो भन्ने अपेक्षामा छन् ।

‘जति मजदुरी गरे पनि दिनै सामानको मूल्य बढ्छ, सकेसम्म महंगी घटे राम्रो हुन्थ्यो,’ उनले भने ।

न्यू प्लाजा कुनामा होटल सानो होटल गदै आएका होम प्रसाद पाठक बजारमा सामान सस्तोमा पाए हुन्थ्यो भन्ने अपेक्षामा छन् । स्याङजा घर भएका उनी यहा १० वर्षदेखि होटल व्यवसाय गर्दै आएका छन् ।

‘बजारमा सामान सस्तो पाएर, गाउँटोल व्यवस्थित गरे, सरकारले जे गरे पनि राम्रो हुन्थ्यो यती हो हाम्रो भन्नु,’ पाठकले भने ।

केही छेउमा घरबनाउनका लागि रड बङ्गाउदै गरेका अजय चौधरी बजेट बारे आफुलाई केही थाहा नभएको बताउछन् ।

उनी बजेट जस्तो आए पनि राम्रो भए हुन्थ्यो भन्ने अपेक्षामा छन् । सप्तरी घर भएका उनी ‘बजेटले विकास हुन्छ भने सबै ठिक छ,’ उनले भने ।


क्लिकमान्डु