नेकपा र संघीय फोरमबीच सहमति, संविधान संसोधन हुने फोरम सरकारमा आउने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ ।

सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम ओली सरकारमा सहभागी हुने छ ।

सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा सहमतिमा संविधान संसोधन गर्ने लेखिएको छ । फोरम सरकारमा सहभागी हुने छ ।

सम्भवत फोरमबाट प्रतिनिधित्व गर्ने मन्त्रीले आजै सपथ लिन सक्ने छन् । फोरम सहरी विकास मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताइएको छ । 


क्लिकमान्डु