चालकले ट्रक नचलाउँदा ब्राजिली अर्थतन्त्र नै संकटमा




काठमाडौं । ब्राजिलका ट्रक चालकको आन्दोलन झन् चर्किदै गएको छ । ब्राजिल सरकारले इन्धनको मूल्य बृद्धि गरेको विरोध स्वरुप ट्रक चालकले हड्ताल सुरु गरेका थिए

शुक्रबार मात्रै ब्राजिलका राष्ट्रपति मिशेल टेम्परले स्थानीय प्रहरी प्रशासनलाई आन्दोलनरत ट्रकलाई सडकबाट हटाउन आदेश दिएका थिए । प्रहरीले नसकेको अबस्थामा सेनालाई पनि यस्तो कार्यका लागि तयार हुन निर्देशन दिइएको छ ।

ट्रक चालकको अवरोधका कारण ब्राजिलको अर्थव्यवस्थामा नोक्सानी पुगेको बताईएको छ ।

सरकारको आदेशका बावजुद पनि चालकको आन्दोलन रोकिएको छैन । शनिबार प्रहरीको स्कर्टगिंमा इन्धन सहितका केही ट्रक ब्राजिलका विभिन्न सहरमा पठाईएको ब्राजिल सरकारले बताएको छ ।

चालकको आन्दोलनका कारण सानपाउलो सहरमा इन्धनको कमी भएको छ । जसका कारण त्यहाँ आपतकालिन अवस्था घोषणा गरिएको छ । शनिबार सानपाओलो र ब्राजिलको राजधानी रियो डे जेनेरियोका धेरै सुपरमार्केट र रेस्टुरेन्ट बन्द भएको बताईएको छ ।

शनिबार नै पाओलो सहरका केही कारखाना पनि बन्द गरिएका छन् । इन्धन अभावका कारण सार्वजनिक बस सेवामा पनि कटौति गरिएको छ । यसका अलवा ब्राजिलले आयोजना गर्न लागेको शरणर्थी विश्वकप रद्द गरिएको छ ।

इन्धनको अभावमा ब्राजिलका ११ वटा विमानस्थल बन्द हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् । ब्राजिलमा बढिरहेको चरम खाद्य संकट र इन्धन संकटलाई ध्यानमा राख्दै ट्रक चालक संघले आन्दोलनरत चालकलाई नियमित काममा फर्किन पनि आग्रह गरेको छ । तर, संघको आग्रहलाई अझै धेरै ट्रक चालकले पालना गरेका छैनन् ।

सरकार र व्यवसायीबीच आगामी १५ दिनसम्म हड्ताल नगर्ने सम्झौता भए पनि चालकको असहयोगका कारण सम्झौता पालना हुन सकेको छैन । शुक्रबारसम्म ब्राजिलका २६ राज्यमध्ये २ राज्यमा कुनै पनि प्रकारको समान लग्न नसिकिएको त्यहाँका अधिकारले बताएका छन् । अन्य राज्यमा पनि न्यून मात्रामा खाद्य पदार्थ र इन्धन पठाईएको छ ।

सरकारी स्वामित्वको इन्धन कम्पनी पेट्रोबासमा अकुत भष्ट्राचार भएको आरोप समेत चालकको रहेको छ । टेम्पर राष्ट्रपतिमा चुनिएपछि नयाँ बजारनीति अपनाइएको थियो । उक्त बजारनीति अपनाएपछि ब्राजिलमा निरन्तर तेलको मूल्यमा बृद्धि भएको छ । सन् २०१६ को त्ुलनामा अहिले त्याहाँ इन्धनको मूल्य दुई गुणाले बृद्धि भएको छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु